उद्योग मन्त्रालयलद्वारा चिनियाँ कम्पनीलाई जलविद्युत् उत्पादनको स्वीकृति

काठमाडौँ, फागुन ३ । रसुवा जिल्लाको त्रिशूली नदीमा रु २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न उद्योग मन्त्रालयले चिनियाँ कम्पनीलाई स्वीकृति प्रदान गरेको छ ।

औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा १८ बमोजिम सोमबार मन्त्रालयमा बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको २२४ औँ बैठकले चीनको हाइड्रो चाइना कर्पोरेशनलाइ उक्त जलविद्युत उत्पादनका लागि स्वीकृति दिएको हो ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ को दफा ३ को उपदफा ३ अनुसार साविक रसुवाको स्याफ्रु, गुल्जुङ र गेल्टाङ गाविसमा पर्ने त्रिशूलीमा जलविद्युत् उत्पादनका लागि विदेशी लगानी माग भएकामा सो कंपनीको प्रस्ताब स्वीकृत गरिएको उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले बताए ।