प्रधानमन्त्रीको नियुक्तिमा राष्ट्रपति कार्यालयले गर्यो यस्तो गल्ती

काठमाडौं, फागुन ३ । हतारको काम लतार भनेझैं राष्ट्रपति कार्यालयले केपी ओलीलाई छापामार शैलीमा प्रधानमन्त्रीमा नियुक्ति दिएको विज्ञप्तिमा ओलीलाई राष्ट्रपतिले गत साल फागुनमै प्रधानमन्त्री नियुक्त गरेको व्यहोरा उल्लेख गरिएको छ ।

ओलीलाई राष्ट्रपतिले ०७३ साल फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गरिएको भनिएको थियो तर, पछि सच्याएर ०७४ साल फागुन ३ बनाइएको छ ।