काठमाडौँ, फागुन ४ । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दै छ ।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका अनुसार बैठकको समय भने टुंगो लागेको छैन । समितिमा दुबै दलका अध्यक्षसहित शीर्ष नेता सदस्य छन् ।
बिहीबार नै समितिको बैठक बस्ने भनिए पनि एमाले अध्यक्ष ओलीको प्रधानमन्त्रीको सपथ लगायतले समय अपुग भएपछि आज बैठक बस्न लागेको हो ।
पार्टी एकतामा कुरा नमिलेको हुँदा माओवादीले सरकारमा मन्त्री नपठाएको एक नेताले बताएका छन् ।
0
Shares