विद्युतीय मतदानको व्यवस्था गर्न आयोगलाई सुझाव

तेह्रथुम, फागुन ६ । निर्वाचन आयोगलाई आगामी दिनमा हुने निर्वाचनमा विद्युतीय मतदानकोे व्यवस्था गर्न सुझाव दिइएको छ ।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचन दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले आगामी दिनमा बदर मतको संख्या घटाउनका लागि विद्युतीय मतदान हुनुपर्नेमा जोड दिए ।

वि.सं २०१५ मा पहिलो संसदीय निर्वाचन शुरु भएको दिन फागुन ७ गतेलाई निर्वाचन आयोगले केही वर्षदेखि निर्वाचन दिवसका रुपमा मनाउन थालेको छ ।