काठमाडौँ, फागुन ७ । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २१ गते सोमबार संघीय संसद्को अधिवेशन आह्वान गरेकि छिन् ।
नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा सो दिन ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँवानेश्वरमा संसद्को अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
नयाँ संविधानबमोजिम प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि संघीय संसद् आह्वान भएको यो पहिलो पटक हो ।
0
Shares