फागुन ६ गते देखि ८ गतेसम्म टेलिकमका ग्राहकलाई ‘फ्रिडम प्याक’

काठमाडौं, फागुन ७ । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि प्रजातन्त्र दिवसका अवसरमा ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ । कम्पनीका जिएसएम र सिडिएमए मोबाइलका ग्राहकले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेडरुपमा गर्न सकिने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जिएसएम तथा सिडिएमएका ग्राहकले सो प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको नेटवर्कभित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्नेछन् । उक्त प्याक रु २५ मा खरिद गर्न सकिनेछ ।

फागुन ६ गतेदखि शुरु भएको फ्रिडम प्याक फागुन ८ गतेसम्म खरिद गर्न सकिने गरि ‘फ्रिडम प्याक’ ग्राहकवर्गका लागि उपलब्ध गराएको हो । एकपटक खरिद गरेको सो प्याक चलाउने अवधि सकिएपछि अर्कोपटक फेरि प्याक खरिद गर्न सकिनेछ । एकपटकमा एउटा प्याक मात्र खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।