‘आर्थिक समृद्धि नेपालको मुख्य लक्ष्य हुनुपर्ने’

काठमाडौँ, फागुन ८ । आर्थिक विकास नेपाल र नेपालीको अहिलेको लक्ष्य हुनुपर्ने बेलायतको प्रतिनिधिसभाका सदस्य क्रिस डेभिसले बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आइतबार संयुक्त अधिकारज्यको वेल्सको राजधानी कार्डिफमा आयोजित समारोहमा बोल्दै उनले बेलायत र नेपालबीचको दुईसय वर्षभन्दा पुरानो दौत्य सम्बन्धको चर्चा गर्दै आर्थिक समृद्धि नेपालको अहिलको मुख्य लक्ष्य हुनुपर्ने कुरामा जोड दिए ।

त्यस अवसरमा बेलायतका लागि नेपालका राजदूत दुर्गाबहादुर सुवेदीले नेपाल आर्थिक विकासको मार्गतर्फ अग्रसर भइरहेकाले देश बाहिर रहेका नेपालीद्वारा आर्जित पुँजी, शिक्षा, दक्षता र अनुभव मातृभूमिको समृद्धिमा लगाउनुपर्ने बताए ।

वेल्सको संसद्का सदस्य, कार्डिफ, ब्रेकन, बनाथ नगरका प्रमुख गैर आवासीय नेपाली संघ, बेलायतमा क्रियाशील नेपाली संघ संस्था र समाजका पदाधिकारीहरुले उक्त समारोहमा उपस्थित जनाएका लण्डनस्थित नेपाली राजदूतावासले बताएको छ ।