राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभा सदस्यमा तीन जना मनोनयन

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम मनोनयन गरेकी छिन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम डा युवराज खतिवडा (झापा), रामनारायण बिँडारी (मकवानपुर) र डा विमला पौडेल (मोरङ)लाई आज मनोनयन गरेकी हुन् ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभामा तीन सदस्य मनोनयनका लागि अघिल्लो सरकारले गरेको निर्णय फिर्ता लिई तीन जना नयाँ व्यक्तित्वको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।