काठमाडौँ, फागुन ८ । आफ्ना उपभोक्तामध्ये ४० भाग्यमानी विजेतालाई कोकाकोला नेपालले रसियामा आयोजना हुने विश्वकप फुटबल प्रत्यक्ष अवलोकनका लागि लैजाने भएको छ ।
मंगलबार कोकाकोला नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा ‘कोक खाम रसिया जाम’ भन्ने अफर अन्तर्गत भाग्यशाली उपभोक्तालाई सम्पूर्ण खर्चसहित विश्वकप हेर्न लैजाने आयोजकका देशीय निर्देशक अम्बुज सिंहले बताए ।
उनले फिफासँग विगत ४० वर्षदेखि सहकार्य गर्दै आएको बताउँदै सो अफर अन्तर्गत १२ हजार ६०० विजेताले फिफाको लोगो अंकित विशेष उपहारसमेत जित्न सक्ने बताए । कोक खाम रसिया जाम भन्ने क्याम्पेन फेब्रुअरी १५ देखि अप्रिल १५ सम्म लागू हुनेछ ।
यस योजनामा कोकको पछाडि १० अंकको युनिक कोड राखिएको हुन्छ, जसलाई ३७७२२ मा एसएमएसमार्फत पठाएर आफ्नो विश्वकप हेर्ने सपना पूरा गर्न सकिनेछ ।
सो अफर कोक, फेन्टा, ओरेन्ज फेन्टा, लेमोन तथा स्प्राइटमा लागू हुनेछ । यसमा १८ वर्ष पूरा भएका नेपाली नागरिकले मात्र भाग लिन पाउने आयोजकको जनाएको छ ।