काठमाडौ, फागुन ९ । बाम गठबन्धनमा प्रवेश गर्न लागेको भनि विभिन्न संचार माध्यमले प्रकाशित गरेको समाचार प्रति नेपाली कांग्रेसका युवा नेता एबम काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभा सदस्य गगन थापाले आपत्ति जनाएका छन ।
यस्ता किसिमका भ्रामक समाचारको शृंखलाप्रति आफु अभ्यस्त रहेको तर यसले आम पाठक र जनतालाई भ्रममा पार्ने गरेको उनले बताए । थापाले सस्तो लोकप्रियता र पाठक दर्शक बढाउन प्रकाशन गरिने यस्ता खालका गलत समाचारले पत्रकारिता क्षेत्रको विश्वसनीयता नै गुम्न जाने भन्दै तथ्यमा आधारित स्वस्थ पत्रकारिता गरिनु पर्ने बताए ।
पछिल्लो चरणमा पत्रकारिताको नाममा निकै गैर जिम्मेवारी पूर्ण कार्य हुने गरेको भन्दै यसले पत्रकारिता जगतको गुण स्तरमा नै प्रश्न चिह्न खडा गर्ने बताए । आफु पटक पटक यस्ता गलत कुराहरुको शिकार बनेको भन्दै समाचारको गुणस्तर र त्यसको गाम्भीर्यता जनता र पाठकले बुझ्नुपर्ने उनले बताए ।
आफु निरन्तर नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेको भन्दै बजारमा चलेका निराधार हल्लाहरुको पछाडी नलाग्न थापाले आम जनतालाई आग्रह गरेका छन् ।