कर्जा मागको लागि प्रस्ताव पेश गर्न समयावधि

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालय अनामनगर काठमाडौंबाट २०७४ माघ १३ गते सहकारी संस्थाहरुलाई देशव्यापी रुपमा कर्जा मागको लागि प्रस्ताव पेश गर्न २०७४ चैत ३१ गते सम्म समयावधि दिएको छ ।

यस जिल्ला संयोजन तथा अनुगमन समितिमा सिन्धुलीका नयाँ १८ ओटा सहकारी संस्थाले रु ९ करोड ५० लाख कर्जा मागको लागि प्रस्ताव पेश गरेका थिए । १३ वटा सहकारी संस्थाहरु कोष सँग कर्जा सम्झौता गरी रु ५ करोड ९५ लाख क्रर्जाको पहिलो र दोस्रो किस्ता बापतको रकम रु ३ करोड १७ लाख निकासा भई लगानि भएको छ ।

जम्मा ३१ वटा सहकारीहरुको मिति २०७४ माघ २४ गते देखि फागुन ९ गते सम्म अनुगमन तथा निरीक्ष गरिएकोमा नयाँ १५ वटालाई रु ५ करोड ९० लाख स्वरोजगार कर्जा प्रदान गरिएको छ । पुराना १२ सहकारीलाई करीव रु ५ करोड ९० लाखमा तेस्रो तथा अन्तीम किस्ता बापतको रकम रु २ करोड २८ लाख स्वरोजगार कर्जा सिफारीस गर्न योग्य देखिएको छ ।

साथै प्रथम र दोस्रो चरण अन्र्तगत अब सिन्धुली जिल्लामा स्वरोजगार कर्जा रु ११ करोड ८५ लाख हुने भएको छ । यस पुर्व लगानि गरिएको २७५ जनाले प्रत्यक्ष लाभान्भीत भएका छन् । अब करिब ४०० जना लाभान्भीत हुनेमा अनुमान गरिएको छ ।

साथै सिफारीसमा परेका नयाँ १५ वटा तथा कर्जा लगानि गरिरहेको १२ वटा सहकारीहरुलाई बधाई तथा शुभकामना समेत प्रदान गरिएको छ ।