काठमाडौँ, फागुन ११ । शुद्ध खानेपानी उपलव्ध गराउने उद्देश्यले तराई क्षेत्रमा सरकारले तराई मधेश खानेपानी गुणस्तर सुधार कार्यक्रमलाई प्राथमिकता दिएको छ ।
तराईका २२ जिल्लालाई लक्षित गरेर खानेपानी तथा ढल निकास विभागले सो कार्यक्रमलाई प्राथमिकता दिएको हो । विभागका सूचना अधिकारी शेखर केसीले यो आर्थिक वर्षमा तराई मधेश खानेपानी सम्बन्धमा ८६ योजनाको सर्वेक्षण भइरहेको जनाएका छन् ।
तराईका जनतालाई शुद्ध खानेपानी खुवाउनका लागि विस्तृत अध्ययन गरेर तथ्यांक निकाल्ने काम गरिरहेको उनले जानकारी दिए ।
यस्तै, विभागले कुनै कुनै स्थानमा बोलपत्र आह्वान गरी बोरिङ खन्ने काम र वरपर पर्खाल लगाउने काम भइरहेको केसीले जनाए । तराई मधेश खानेपानीका लागि सरकारले रु एक अर्ब ४९ करोड ६९ लाख रकम विनियोजन गरेको छ ।
0
Shares