काँग्रेसको अवशानमा महान बनेका शेरबहादुर

– राजेन्द्र प्रसाद पाठक
सावाँ गुमाएर ब्याज संकलन गर्ने साहु अथवा वित्तीय संस्था र यस्तै अन्य निकाय जसले विउ मासेर घोगा , बाला र कपनाको स्वर्णिम कल्पनामा आफुलाई डुबाउँछ । हुँदा खाँदाको एक ऐतिहासिक प्रजातन्त्रवादी पार्टी जसले देशमा प्रथम र अन्तिम क्रान्ति सम्म सफल तुल्यायो उसैको अस्थित्व समाप्त पार्न हदैसम्मनको रवैया देखाउने सुत्रधार कोही अरुनै भएता पनि यस मध्यका अब्बल नायक सावित भएका छन् निवर्तमान प्रधानमन्त्री तथा नेपाली काँग्रेस पार्टीका सभापति शेरबहादुर देउवा ।

धन्यछ उनलाई जस्ले एक ऐतिहाँसिक पार्टीको अवशानार्थ शुत्रधार बन्यो । बि.सं. २०१५ सालको प्रथम आम निर्वाचनमा दुईतिहाई बहुमत जनताबाट आर्जन गरी आफुलाई लोकपृय प्रजातान्त्रीक पार्टी सावित गरेको थियो । कालान्तरमा यो ऐतिहाँसिक विजयले मुर्तरुप लिन सकेन । पुःन एक पटक देश जनता र कार्यकर्ताले जीवनको उत्कृष्ट अवस्थाको मुल्य चुकाउनु पर्ने भयो । बि.पी. कोईरालाको आव्हानमा सबै तैयार भए । कोही थुनिए कोही अराष्ट्रिय तत्वका रुपमा प्रवास पलायन हुन तयार भए । यस्तै एक पात्रका रुपमा मेरा स्वर्गीय पिता समेत हुन् । प्रवासको जीवन र काँगे्रशको आषले हाम्रो सारा संम्पत्ती र परिवार समेत तहस नहस भयो ।

अन्तमा पिता काँग्रेस भएकै कारण बिगतको दशबर्षे द्वन्दकालमा चौरासी बर्षको उमेरमा आफ्नो मुलथलोबाट समेत विस्थापीत हुनु प–यो । हुँदा खाँदाको जमिन्दारले डेराको वास अपनाउनु पर्ने कारण सोही काँग्रेस मात्रै बन्यो । यत्ती मात्रै नभएर होनहार कार्यकर्ता र नेतालाई विस्थापीत गराउने उनै दरर्वारिया पञ्च र राणाकै सन्तान दर्शन्तानलाई नै पुःन काँग्रेशको नेता र नेतृ मानेर उनकै खटन पटनमा पार्टी चलाउनु पर्ने अवस्था श्रृजना हुनु पर्ने अवस्थाको स्विकार्यतामा तिनै काँग्रेसहरु किन नतमष्तक भए ? यो अक्षम्य प्रश्नको जवाफ नै विगत सम्पन्न निर्वाचनको परिणाम हो भन्दा फरक नपर्ला ।

काँग्रेस प्रजातान्त्रीक अवधारणामा स्थपित पार्टी भएता पनि कहिल्यै प्रजातन्त्रीक बन्न नसकेको पार्टी पनि हो । स्थापना कालको केही बर्ष देखी यता हेर्ने हो भने पनि यो रुप छर्लङ्ग हुन्छ । एक पटक बि.पी. कोईरालालाई एक भारतीय नेताले सुझव दिएका थिए रे तपाईं काँग्रेसलाई पारिवारीक पार्टी नबनाउनुस भनेर । तर त्यो सुझव जती सुकै अकाट्य र शास्वत भएता पनि लागु भने हुन सकेन ।

परिणाम स्वरुप सुजाता र आरजु जस्ता कुपात्र जन्मन मलजल पुग्यो । संगठनमा गिरीजा बाबु जती अब्बल देखिए त्यती नै कमजोरी उनको पारिवारीक मोहमा देखिएका कारण सुजाता जोष्ट कोईरालामा फर्किएर लाउँडा प्रकरण देखी कागज कारखाना , जुत्ता कारखाना , औषधी उद्योग , ईंटा टायल कारखाना , कृर्षी औजार कारखाना , चिनी मिल आदी जस्ता जनतासंङ्ग प्रत्यक्ष सरोकार राख्ने सरकारी औद्योगीक निकायहरुको अवशान भयो ।

क्रान्तिका समय पार लाग्ने नदेखेर आफ्नो भविष्य आजमाउन र मोज मस्तीमा रमाउन विदेशी नागरीकका साथ लागेर पलायन भएकाहरु एकाएक राजनैतिक उच्च पदमा आसिन हुन पुगे । के का कारण भन्दा सोही पारिवारीक नाता रिस्ताका कारण । कस्तो अचम्मको देश ? कस्ता होनहार निर्णय ? कृर्षी प्रधान देश भन्ने ,जस्का कारण देशको अर्थ ब्याबस्था धानीएको छ सोही प्रकृयाका लागी नभई नहुने उपकरण निर्माण गर्ने कारखाना वा श्रोत नै बन्द गर्ने निर्णय सम्म गर्न पछि नपर्ने देश र सो सञ्चालन गर्ने राज्य ब्यावस्था र सरकार नै निर्लज्ज ढंङ्गले लागी पर्ने ।

कस्तो प्रजातान्त्रीक सरकार थियो यस देशमा ? यो एउटा अहम् प्रश्न बन्न सक्नु पर्दछ अहिलेको नयाँ जेनेरेशनमा । उनीहरु देश डुवाउँदै थिए कि बनाउँदै थिए ? हालको पुस्ताले समेत मुल्याँङ्कन गर्न सक्नु पर्दछ । पञ्चायती कालरात्री सञ्चालन गर्ने भनिएको सरकारले जनताका लागी भनेर श्रृजना गरेको सरोकारवाला संस्था समेत बेचेर निजी ढुकुटी भर्ने ति कस्ता प्रजातान्त्रीक सरकार थिए ? अब गंम्भीर भएर सोच्ने अवस्था आएको छ ।

सोही प्रवृत्तीको निरन्तरता स्वरुप निवर्तमान सरकारमा बस्नेहरुले पनि त्यस्ता निर्णयहरु गरे जसका कारण देश अझै रुग्ण बन्दै जाओस् । आफ्नो सरकार र आफुले कार्यान्वयन गर्ने समय सम्म जनउपयोगी होईन जनघाती निर्णय गर्न समेत पछि नपर्नेहरु एकाएक जनपृय बन्न यस्ता असंम्भव निर्णय सुनाई रहेका थिए । हिजो आफ्नो पार्टी र सरकारलाई हानी गर्ने संसारकै औद्योगिक देश जापान जस्तोको राजदुत नियुक्तीमा फरक पार्टीकै भए पनि असक्षमलाई समेत कोटा बितरण गर्नेहरु नै काँग्रेसका धरोहर भए पछि पनि सो पार्टीले बहुमत ल्याउँछ भनी भाषणबाजी गर्नेहरुलाई देखेर धेरैलाई आज सम्मै टिठ लागी रहेछ ।

यती मात्रै होईन राजदुत जस्तो गरिमामय र सिङ्गो देशको प्रतिनिधीत्व गरेर बिदेशमा खडा हुनु पर्ने पद करोडौंको मुल्य राखेर बैदेशिक रोजगार ब्यावसायमा लागेका दलालहरुलाई बिक्री गर्ने काममा प्रधानमन्त्री पत्नी स्वयं संम्लग्न हुनु कत्तीको लज्जास्पद कर्म थियो ? जो कोहीले कल्पना समेत गर्नै सक्दैन । हालै मात्र सर्वोच्च अदालतले रोक लगाएको सवारी साधनको इम्बोष्ट नम्बर प्लेट , जुन देशमा न त स्याटेलाईट प्रबिधीबाट सवारी साधनको निगरानी गरीन्छ । न त सवारी साधनको डिजीटल रिडीङ्ग मेसीन नै छ । यस्तो देशमा छ सात हजारको लागतमा सबै सवारी साधनलाई बाध्यात्मक बनाईनु कत्तीको जायज हो ? जुन कामका लागी भारतमा समेत नयाँ सवारी साधनलाई बाहेक अरुलाई बाध्यात्मकता छैन । जम्मा जम्मी पाँच सय असी भारुमा चारपाङ्ग्रे सवारी साधनलाई लगाईन्छ ।

यसको नेपाली रुपान्तरण गर्दा एक हजार मात्र पर्दछ । यसको छ सात गुणा बढी पर्नुमा कती करोड, अरवको घोटाला भएको होला ? त्यो त आरजु म्यमडमलाई नै थाहा होला । आफ्नो आए आम्दानीका लागी राजनैतिक ब्यापारमा कुनै पनि कसर बाँकी नराख्ने यस्ती होनहार नेतृलाई गुमाउने कैलालीका जनतालाई देशका संपुर्ण नागरीकहरुले एक पटक धिक्कार भन्न चाहन्छन् । जुसुकै संवैधानीक नियुत्तीमा पनि उनी आफै संलग्न भएर बार्गेनिङ्ग गर्न सक्षम यस्ती बिरंङ्गना धन्न काँग्रेसले पायो । यस्तै पत्नीका पति पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई समेत पत्नीकै कारण सफल प्रधानमन्त्री भएका थिए । यस्तो अवसर काँग्रेसमा सायदै शेरबहादुर देउवाले मात्र पाए होला । गिरीजाबाबुले बेलैमा श्रीमती गुमाएता पनि छोरी भने अब्बल नै पाएका हुन् ।

आज नेपाल भ्रष्टाचारीहरुको १२२औं स्थानमा पर्नुमा यिनै उल्लेखित महामहिमहरुको योगदानको वावजुद यसो हुन सम्भव भएको हो । पार्टीको पियन देखि पिएम सम्मको पद बिक्रीका लागि राखिनु र सो को आयआर्जनबाट आलिशान जिन्दगी विताउने सोख हाम्रा बिर बिरङ्गानाहरुले राखेकै कारण पार्टी संगठन र देश र जनताको यो हाल भएको सर्वविदितै छ ।

माथी उल्लेखित् बिभीन्न बिर बिरंङ्गनाहरुले भरिएकै कारण बेलैमा अवशान उन्मुख भएको पार्टीलाई जोगाउन जसरी लक्ष्मण ईन्द्रजितको बाणले मरणसन्न भएको बेला हनुमान प्रकट भएर सञ्जीवनी बुटी सहितको पहाड बोकेर ल्याए र रावण जस्तो बिपक्षीले समेत आफ्नो राजवैद्य खटाएर आ आफ्नो महानता प्रकट गरेका थिए सोही खालको अवस्था अब कहाँ र कहिले सम्म काँग्रेसलाई प्राप्त हुने हो सो को टुङ्गो नलागे सम्म काँग्रेस दाश्रो प्रजा परिषद हुन तैयार हुन सक्नु पर्दछ । अस्तु !