माओवादीले तोक्यो ६ मन्त्री, एक जना तोक्न बाँकी

काठमाडौँ, फगुन ११ । माओवादीले वरिष्ठ नेता राम बहादुर थापको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ ।

थापा बाहेक वर्षमान पुन, गिरीराज मणी पोखरेल, शक्ति बहादूर बस्नेत, बिना मगर र अमनलाल मोदी माओवादी कोटाबाट मन्त्री बन्ने भएका छन् । सात मन्त्रालय पाएको माओवादीले एक जनाको नाम तोक्न बाँकी रहेको छ ।

सरकारले अठार मन्त्रालय बनाउने निर्णय गरेपछि माओवादीको भागमा सात र एमालेको भागमा एघार ओटा रहने भएको छ ।