काठमाडा, फागुन १४ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेल प्रधानमन्त्रीपछिको दोस्रो वरियता सहित रक्षामन्त्री बनेका छन् । अर्थमन्त्रीको चर्चामा रहेका पोखरेल अन्तिम समयमा रक्षामन्त्री बने ।
महासचिव पोखरेलका लागि सातै प्रदेशको विकास समन्वय गर्ने गरी नयाँ मन्त्रालय खडा गर्ने बारेमा समेट छलफल चलेको थियो । नयाँ संरचना नबनेसम्म पोखरेल रक्षामन्त्री हुने भएका छन् ।
२०५१ सालमा तत्कालिन एमालेका महासचिव माधवकुमार नेपाल पनि प्रधानमन्त्रीपछिको दोस्रो वरियतासहित रक्षा र परराष्ट्रमन्त्री भएका थिए । रक्षामन्त्री अलग्गै रहने प्रणाली एमालेले २०५१ बाट सुरु गरेको हो । त्यसअघि प्रधानमन्त्रीनै रक्षामन्त्री रहने चलन थियो । सपथ भने केहि बेरमा लिदै छन् ।
0
Shares