स्वास्थ्य शिविरबाट पाँचसय बढी लाभान्वित

सप्तरी, फागुन १५ । नेपाली सेनाद्वारा प्रदेश नम्बर २ अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ मा आयोजित स्वास्थ्य शिविरबाट ५०० भन्दा बढीले लाभ लिएका छन् ।

स्थानीय आधारभूत विद्यालय, रम्पुरामा विपन्न वर्ग तथा समुदायका बिरामीलाई लक्षित गरी मध्यपूर्वी पृतना हेडक्वार्टरको संयोजन एवं भीमदल गण भलुवाही ब्यारेक, राजविराजले स्वास्थ्य शिविर आयोजना गरेको थियो ।

उक्त शिविरमा भरतपुर क्यान्सर अस्पतालका वरिष्ठ डा प्रकाशराज न्यौपानेसहित १६ जनाको स्वास्थ्यकर्मी टोलीले सेवा दिएको जनाइएको छ ।

श्री नम्वर २७ फिए र श्री नम्बर २८ फिएका डाक्टर दुईजनासहित नर्सिङ अर्दली–६ गरी आठजनाको टोलीले स्त्रीरोग तथा पाठेघरसम्बन्धी क्यान्सर र पुरुषको मुख तथा अन्य क्यान्सर सम्बन्धी निःशुल्क उपचार तथा औषधि वितरण गरिएको छ । उक्त शिविरबाट २३३ जना पुरुष र ३३९ जना महिलालाई सेवा लिएको भीमदल गण, भलुवाही ब्यारेकले बताएको छ ।