लोकसत्ता सम्वाददाता, क्यानडा
एनआरएन क्यानडाले अधिवेशन सम्पन्न भएको ६ महिना पछि पूर्णता पाएको छ । राष्ट्यि समन्वय समितिमा ६ जना र सल्लाहकारमा १३ जना मनोनयन गरेको छ । एनआरएन क्यानडाले गर्ने विभिन्न कार्यक्रमहरुलाई ब्यबस्थित र सुचारु रुपले संचालन गर्न विभिन्न १२ उप–कमिटिहरु गठन गरि संयोजकहरु समेत तोकेको छ ।
विगतमा एनआरएन क्यानडाले गरेका हरेक गतिविधिहरु विवादित र सुचारु हुन नसकेको अवस्थामा क्यानडामा बस्ने नेपाली समूदायले एनआरएन क्यानडा प्रति हेर्ने दृष्टिकोण लाई अबको नयाँ नेतृत्वले कसरि सुदृढ गरि आउदा दिनमा हुने हरेक कृयाकलाप कसरि संचालन गर्छ भन्ने सवैको चासोको बिषय रहेको छ साथै नयाँ नेतृत्वलाई चुनौति र अतिरिक्त जिम्मेवारि थपिएको छ ।
0
Shares