सम्माननिय प्रधानमन्त्री के.पी.ओलीज्यूमा सादर नमस्कार !
आज मुलुक र मुलुकवासी जनता राजनैतिक संक्रमणकालको नाममा गुज्रनु परेको झण्डै तिन दशक पुरा हुँदैछ । यस बिचमा धेरै सरकारहरु परिवर्त भए अधिकाँसमा कांग्रेस पार्टी नै हावी थियो । यसबिचको दोष र जसको भागेदारी समेत उही हुनेछ । बाँकी समयमा तपाईंको पार्टी लगाएत हाल तपाईंको गठबन्धन पार्टी एकिकृत ने.क.पा. माओवादी लगाएत राष्ट्रिय प्रजातन्त्र पार्टी समेत सरकारमा हावी थियो । यसका साथै अन्य सानातिना दलहरुको समेत बार्गेनिङ्ग क्षमता अत्यन्तै धेरै भएका कारण सरकारमा बहुरुपीपना देखिंदै आएको थियो । त्यसैले नै यो तीस बर्ष हाम्रो सिङ्गो देश र जनताका लागी प्राय मृत कालरात्री सावित भयो । निर्वाचन अगाडीको तपाईंको एकल अडान र राजनैतिक सुझबुझपूर्ण कार्यका खातिर जनताले तपाईंको बोली र घोषणालाई निर्वाचन मार्फत हार्दिक अनुमोदन गरेकै हुन र त आजको यो बलियो र ओजपूर्ण दिन झुल्किन बाध्य भएको छ । यसै शिलशिलामा मेरो अल्प बुद्धीले भ्याए सम्मको र जनताको प्रत्यक्ष सरोकारको बिषयलाई साथै भविष्यको देश समृद्धीको आधारलाई समेत समेटेर निर्ममतापुर्वक देश र समाजभित्र जरो गाडेर रहेको विकृतीलाई अन्त्य गर्नकालागी बुँदागत रुपमा केही बिषयहरु उठान गरी सुभाव प्रस्तुत गर्ने जमर्को गरेको छु ।
ति यस प्रकार छन् ।
१, शिक्षा र स्वास्थका व्यापारिक केन्द्रहरुलाई तत्काल सामाजिकीकरण गर्नुहोस् । ता कि देशका गरीव जनता अत्यन्त सामान्य आधारभुत आवश्यकताबाट बञ्चित हुनु नपरोस् ।
२, आर्थिक अनियमितता गरी भर्ती भएका विभिन्न सरकारी र संवैधानिक नियुक्तिको तत्काल खारेजी होस् । किन की पद किनेर जानेले देश बेच्ने अवसर खोजी रहेको हुन्छ । यसै गरी आफन्त र नातेदार भएकै कारण दिईएको पद समेत खारेज हुनै पर्दछ ।
३, सरुवा बढुवा र कर्मचारी निष्किृयताका लागी सकृय हुने र ब्यक्तिगत लाभका लागी संस्था बेच्न र बन्द गर्न समेत पछि नपर्ने ट्रेड युनियन खारेज गर्नु पर्दछ । अनिमात्र देशको आर्थिक समृध्दी संभवछ ।
३, बिधार्थीको हक हित र शैक्षिक गुणस्तरमा भन्दा सांङ्गठनिक र पार्टीगत हितका लागी मरिमेट्ने बिधार्थी युनियनको समेत औचित्य समाप्त भैसकेको छ ।
४, लोकसेवा आयोगको खारेजी गरी स्थाई र पेन्सनवाला कर्मचारी भर्तिमा रोेक लगाउनु जरुरी छ । यसले देश र जनतालाई भन्दा कर्मचारीको जीवनलाई मात्र सुरक्षीत बनाएको हो । त्यसैले कर्मचारी आवश्यकता अनुसार हायर एण्ड फायर गर्ने नियम बसाल्नु पर्दछ ।
५, जातिय, क्षेत्रिय र लैंगिक आयोगको खारेजी हुनु पर्दछ । त्यसको सट्टा वर्गिय आयोगको गठन हुनु पर्दछ ।
६, कमिशन खाएर ब्यापारीको नाममा बेचिएको सार्वजनिक संस्थानहरु तत्काल राज्यको नाममा फिर्ता गरी सञ्चालन गरीनु पर्दछ ।
७, आफ्ना आफन्तको आडमा देशको ढुकुटी रित्याएर धनाढ्य बनेकाहरुको संम्पत्ती छानविन गरी तत्काल कारवाहीको दायरामा ल्याउनु पर्दछ ।
८, प्रसासनिक काम भन्दा खर्च बढी भएको अवस्थाको तत्काल अन्त्य हुनु पर्दछ ।
९, खोला नाला र सार्वजनिक सम्पत्ती हडप्नेहरुलाई तत्काल कारर्वाहिको दायरामा ल्याईयोस् ।
१०, परिवार र सन्तानलाई विदेशमा राखी स्वदेशमा अनियमितता गरी कमाएको धनलाई शुध्दीकरण गरेर बनेका नवधनाढ्यको सम्पत्ती तत्काल राज्यले जफत गरी कारवाही गर्नु पर्दछ ।
११, अख्तियार , अदालत , सम्पत्ती शुध्दिकरण आयोग जस्ता संस्थाहरुलाई बलियो र विश्वसनिय तुल्याउनका लागी जस्तोसुकै कदम चाल्नु परेता पनि सरकार पछि हट्नु हुँदैन ।
१२, सेना र प्रहरी वाहेक अन्य निजामती सेवामा पेन्सन उन्मुलन गरिनु पर्दछ ।
१३, देशमा अक्षेम्य अपराध कर्ममा सहभागी हुनेहरुलाई फाँसीको सजाए सम्म हुनु जरुरी छ ।
१४, प्रधानमन्त्री शक्तिशाली र ईमान्दार दुबै हुनु पर्दछ ।
१५, कार्यकारी पद धारण गरेकाले आ आफ्नो क्षेत्र र बिभागमा पुर्ण जिम्मेवारीका साथ काम गर्न सक्नु पर्दछ ।
१६, आज सम्पन्न गर्नुपर्ने काम भोली राख्नेलाई तत्काल निलम्वन गर्नुहोस् ।
१७, अघिल्लो निकम्मा सरकारले दिएको कर्मचारीको स्वेच्छिक अवकाश प्रकृया यो सरकारले तत्काल खारेज गरोस् ।
१८, बिहारमा नितीस , मलेसियामा महाथिर मोहम्मद र सिङ्गापुरमा लिक्वान जस्तै बनेर काम गर्न सक्नु भयो भने दश बर्षभित्र देश मानव बस्न लायक बन्नेछ । यो गुण नेपाली जनताले जन्म जन्मान्तर भुल्ने छैनन् ।
१९, नागरिक र स्वतन्त्र बुध्दिजिवीहरु संङ्गको प्रत्यक्ष भेटघाट कम्तीमा महिनाको एक पटक राखेर छलफल गर्नुहोस् । यो तपाईंका लागी देश दर्पण हुनेछ ।
२०, कर छली गरेर ब्यापार गर्ने ब्यापारी देशलाई चाहिंदैन ।
२१, योग्यता र कुटनैतिक मर्यादा बिपरित नियुक्ति भएका राजदुतहरुलाई समेत तुरुन्त फिर्ता बोलाउनु पर्दछ ।
२२, मुलुक बनाउने सर्तमा समस्त तिन करोड जनताको साथ सहयोग तपाईंलाई प्राप्त हुनेछ ।
२३, तर सचेत रहनुहोस् अघिल्ला सरकारहरुमा जस्तो प्र.म.को नाममा तपाईं र तपाईंका परिवार , आसेपासे हावी भएको जनता हेर्न तैयार छैनन् ।
२४, कर्मचारीलाई हाकिम होईन जनताको सेवक हुँ भन्ने चेत खुलाई दिनुहोस् र आफु पनि देश र जनताको सेवक भएको आत्म महसुस गर्नुहोस् ।
२५, अधिक सार्वजनिक बिदा कटौती गर्दै दैनिक काम काजको घण्टा बढाउनुहोस् ।
२६, अबका दिनमा कुनै पनि राजनैतिक कमी कमजोरीलाई राजनैतिक संक्रमणकालका नाममा जनता स्विकार गर्न तैयार छैनन् ।
२७, उत्पादन मुलक ब्यावसायका लागी सस्तो ब्याज दरमा सर्व सुलभ किसीमले बैंकिङ्ग ऋिण उपलब्ध गराईयोस् ।
२८, कृर्षीका लागी मल , बिउ , कृर्षी औजारका साथै उचित अनुदान समेत उपलब्ध गराईयोस् ।
२९, युवा कुनै पनि हालतमा बेरोजगार नरहुन भन्नका लागी कि त स्वदेशमै रोजगारी दिईयोस् कि त बैदेशिक रोजगारीको ब्याबस्था सरकारी स्तरबाटै होस् ।
३०, सरकारले गरेको असल कामको समर्थन गर्न प्रतिपक्ष समेत बाध्य हुनेछ ।
३१, बिभिन्न बहानामा बिदेश भ्रमण गरी देशको श्रोत दोहन गरिनु उचित छैन । अझ एन.जि.ओ. आई. एन.जि ओ.को खर्चमा जनप्रतिनीधीहरु सयर गर्नु भनेको त अर्काको बिचार र ब्यावहार आफुमाथी लादिनु मात्र हो ।
३२, देशको जलश्रोत लगायत प्राकृतिक श्रोत र साधनको देश बिकासका खातिर उचित ब्यावस्थापन होस् ।
३३, अबको सरकार पुर्ण राष्ट्रवादी र जनसरोकार युक्त बनोस् । जनता देश समृध्द भएको हेर्न र आवश्यकता परे होस्टेमा हैंसे गर्न समेत तैयार छन् । हार्दिक मंङ्गलमय शुभकामना !
भवदिय ,
राजेन्द्र प्रसाद पाठक
rajendra2p@gmail.com