‘एकीकृत विकासको अवधारणाका साथ अघि बढ्नुपर्ने’

काठमाडौँ, फागुन २२ । आव २०७३/७४ सम्मको काठमाडौँ महानगरपालिकालाई दिन बाँकी रहेको मालपोत र रजिष्ट्रेशन वापतको रु १२ करोड २१ लाख ६८ हजारको चेक काठमाडौँ जिल्ला समन्वय समितिले हस्तान्तरण गरेको छ ।

मंगलबार आयोजित चेक हस्तान्तरण कार्यक्रममा जिससका प्रमुख शिवसुन्दर राजवैद्यले कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई उक्त चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा कामपाका प्रमुख शाक्यले काठमाडाँै उपत्यकाको विकासमा कामपाले मात्र केही गर्न नसक्ने भन्दै दिगो विकासका लागि एकीकृत विकासको अवधारणाका साथ अघि बढ्नुपर्ने विचार व्यक्त गरे ।

कामपाको प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले शहरलाई वातावरणमैत्री र सुन्दर बनाउनका लागि पनि जिसस र कामपाबीच सहकार्यको खाँचो औंल्याए ।

जिससका प्रमुख राजवैद्यले आफूहरुलाई पूर्ण रुपमा काम गर्ने अधिकार नदिएको भन्दै गुनासो व्यक्त गरे ।