राजु थापा, क्यानडा
क्यानडाको ओन्टारियो प्रान्तको बिभिन्न शहरहरु मध्य आउदो मे महिनाको २५,२६ र २७ तारिख मिसिसागा शहरमा हुने कारासागा र जुलाई २७,२८ र २९ तारिखमा ब्राम्पटन शहरमा हुने काराब्राम बहु–साँस्कृतिक तथा ब्यापार मेलामा नेपालले पनि सहभागिता जनाउने भएको छ ।
सो महोत्सवमा नेपालको पर्यटकिय क्षेत्र, बिभिन्न जातजातिका कला सँस्कृति र नेपाली परिकारको बिक्रि तथा प्रदर्शन गरिने छ । विगत दुई बर्ष देखि क्यानडामा हुदै आएको यो महोत्सवमा गत बर्ष नेपालको कला सँकृतिलाई ब्राम्पटन नगर पालिकाले नेपालको सँकृतिलाई उत्कृष्ठ मानी पहिलो प्राथमिकता दिएको थियो भने उक्त मेलामा विश्वका करिव ७५ देशको सहभागिता रहेको थियो । करिव १६ हजार भन्दा बढि अबलोकन कर्ताले नेपाली स्टल र कला सँकृतिको अवलोकन गरेका थिए ।
नेपाल सरकार बाट क्यानडाका लागि अनरी पर्यटन दुतमा नियुक्त हुनु भएका नर बहादुर टन्डन (एन बि टन्डन) ले नेपालको पर्यटन बिकासका लागि उत्तर अमेरिकामा महत्वपूर्ण भूमिका खेल्दै आउनु भएको छ ।