– राजेन्द्र प्रसाद पाठक
त्रेतायुगमा अयोध्यापति श्री रामचन्द्रको जती गुण थियो त्यती नै गुण लंकापति रावणसंङ्ग पनि नभएको होईन । रावण दश महाबिद्याका साधक पनि थिए । साथ साथै ब्रम्हाण्डका प्रथम वैज्ञानिक पनि थिए । श्रृष्टीको सात ऐश्वर्य मध्य अधिकाँस उनलाई प्राप्त थियो । यही देखेर नै संसारकै प्रथम ईन्जिनीयर आर्कीटेक्चर मय दानवले उनलाई आफ्नी सुकन्या मन्दोदरीको कन्यादान दिएको थियो । स्वर्ण दरवार , स्वर्ण सिंहासन हुनु उनका लागी ठुलो उपलब्धि थिएन । सिंङ्गो लंकालाई नै सुन सुनाम्य बनाएर श्वर्ग प्रस्थान गर्ने स्वर्णद्वार निर्माण गर्ने रावणको योजना थियो । एउटै मकैको बोटमा मकै , उखु , रेशम, जरामा आलु र चमरामा धान फलाउने उनको योजना भोलीबाट गरौंला भन्दा भन्दै अन्यौलमा रुमल्लीरहेको थियो ।
भगवान रामचन्द्रसंङ्ग भन्दा पनि बढी अलौकिक क्षमता भएर पनि उस भित्र एउटा ठुलो अवगुण थियो जसले सबै गुणहरुलाई क्षण भरमै क्षय गर्न सक्थ्यो जसलाई रावणले पहिलो प्राथमिकतामा राखेकै कारण उसले रामसंङ्ग मृत्युवरण सम्म गर्नु परेको थियो । यो प्रसंङ्गलाई हाम्रो देशको विगतको राजनैतिक गतिबिधीसंङ्ग जोडेर हेर्दा धेरैजसो मेलखाने देखिन्छ । वि.सं. २००७ साल अगाडी नेपालमा राजतन्त्रको औचित्य समाप्त पारेर राणातन्त्रको दवदवा थियो । अन्यायपुर्ण जहाँनियातन्त्रलाई समाप्त पारेर जनमुखी ब्यावस्था स्थापनाका लागी तात्कालीन काँग्रेस पार्टीलाई कसैले अथाह सम्पत्ती दिए भने जनताले अथाह बल र साहस दिए । यसै कारण देशमा प्रजातन्त्र आयो । अब त जनता सुखी र सम्पन्न हुने दिन आयो भन्दै जनकविहरुले मुग्धकण्ठले गित पनि गाए ।
आयो. आयो गरिवको पालो , साहुको छोरो हली र गोठालो । कठै ति हली गोठालाहरुले कहिले पालो फेर्नु । सधै सधै उनिहरुकै काँधमा हलो जुवा थमाएर उनै ठग र सामन्तहरुनै बिभिन्न बहानामा राजनितीमा उदाए र उनै क्रान्तिकारी हली गोठालाको थाप्लोका ऋणको भार बोकाएर आफ्ना र आफन्तलाई नै ठालु बनाउन थाले । केही नेतृत्वमा आएका र आउन सक्ने उम्दा क्याडरहरुलाई आफ्नो छोरी चेली भिडाएर कब्जामा लिने सम्मको षडयन्त्रमा उनिहरु सफल भएकै कारण देशको जेठो बाठो र शक्तिशाली समेत भएको पार्टीलाई आजको दिन भोग्न बाध्य तुल्याएको छ ।
त्यसो त केही उम्दा ठहर भएका पार्टी बिशेषका नेता भनौदाहरु नै आफुलाई राजा महाराजा भन्दा उच्च ठान्दै चुनावबाट प्राप्त भएको पद अकण्टक संझदै आफुले भ्याए सम्मको राजनैतिक ब्यापार गर्न तल्लीन भएकै कारण र कार्यकर्तालाई खरिद गरेको दास भन्दा बढी सम्झन नसकेकै कारण काँग्रेस जस्तो जनपृय पार्टीले आफ्नो शााख गुमाउन पुगेको छ । अद्यावधी कांग्रेसका अधिकांस नेता भनौदाहरु जनता र कार्यकर्तालाई दास र आफुलाई मालिक संझन्छन् । यत्ती मात्र नभएर श्रीमतीको र ससुराली सम्मको चाकडी गराएर आफु र आफन्तलाई राजकिय सम्मानमा टिकाई राख्न चाहन्छन् । अत्यन्तै परम्परागत ढंङ्गबाट पार्टी सञ्चालन होस् र चिता सम्म नै पद सहित जान चाहना राख्ने र त्यस पछि आफ्ना सन्तानको सोही पदमा दावेदारी रहनु पर्ने मानशिकताकै कारण त्यस पार्टीमा युवा समुदायको आकर्षण दिनानु दिन घट्दो छ ।
यत्ती मात्र होईन एक पटक पदमा पुगी सकेपछि पुस्तैनि ब्यापारी ,उद्योगपतिले भन्दा बढी सम्पत्ती कमाउनु पर्ने त्यत्ती मात्र नभएर कमाएको सम्पत्ती देश बिदेशमा लगेर लगानी गर्ने र आफ्नो देशमा चाहिँ बिदेशी लगानी ल्याउने नाममा बिभिन्न जासुसी र ठग संस्थाहरुलाई कमिशन लिएर देशकै अस्थित्व माथी धावा बोल्ने काम नै आज सम्म उनिहरुको दिनचर्या बन्दै आएको छ । देशमा भएको प्राकृतिक श्रोत र साधनहरुको बिक्री बितरण र दोहन कार्य समेत उनिहरुकै कारण भैरहेको छ । भएका कलकारखाना र संस्थानहरुको समेत कौडिको भाउमा बेचेर आफ्नो ढुकुटी भर्नेहरुबाट देश र जनताको बिकाश कसरी संभव होला ? अझै देशको प्रतिनिधित्व गर्ने राजदुत जस्तो संवैधानिक पद समेत कि त निकम्मा आफन्तहरुलाई , कि त आफ्ना अवैध रखौटीहरुको जिम्मेवारी लिने कठपुरुषहरुलाई उपहार स्वरुप दिने त्यत्तीले नपुगे करोडौं मुल्य राखेर ब्यापारी वा राज्यका मानव तस्कर दलालहरुलाई बेच्नेहरुबाट देश उत्थान कदापी संभव थिएन । त्यसै कारण चुनावी परिणाममा निक्कै ठुलो उथलपुथल देखा परेको छ । विगतमा पनि केही त्यस्ता अनुहारहरु देखा परे जसका कारण झिनो मात्रै भए पनि जनतामा आषा पलाएको थियो । ति अनुहारहरु मन्त्रीका रुपमा दोहोरिएको जनता हेर्न चाहन्छन् । यस्तै जनउपयोगी गतिबिधी गर्नेहरु मात्र भविष्यमा राजनेताका रुपमा उदाउन सक्लान नत्र भने बाँकी सबै आजनेता मात्र हुने हुन भन्दा फरक नपर्ला ।
हिंड्दैछ पाईला मेट्दैछ भन्ने एउटा नेपाली गाउँ खाने कथाले जसरी आफ्नो अस्थित्व आफै मेटाउने डुङ्गाले पाईला मात्रै मेटे त हुन्थ्यो यती मात्र कहाँ हो र यसमा सवार यात्रुलाई समेत लिएर डुब्दै गरेको दृष्यले भविष्यमा नेतृत्व जस्तो अत्यन्तै संवेदनशिल भुमिकामा माथी उल्लेख भए जस्तै अहंकारीहरुलाई आसिन गराउँदै जाने हो भने न त देशको अस्थित्व रहन्छ न त जनता नै सुखी र संमृध्द हुन्छन् । राज्यको सार्वजनिक पदमा रहेर आफन्तको , ब्यत्तिगत र लाभको कार्यमा मात्र सरिक रहनेहरु कदापी राजनेता बन्ने सक्दैनन् । ति सबै आजनेता मात्रै हुन् । वास्तविक राजनेता बन्नका लागी शासक राम जस्तो बन्न सक्नु पर्दछ देश रामको अयोध्या जस्तो बन्यो भने मात्र देश र जनताको संमृध्दी संभव होला अन्यथा जतिसुकै श्रोत साधन संम्पन्न भएर पनि श्वर्गको राजा ईन्द्रलाई बाँधेर बाबुको राजसभामा हाजिर गराउन सक्ने मेघनाद ( ईन्द्रजित ) जस्तो सेनापति सन्तान सहितको श्वर्ण लंका जसरी रावणले गुमाउनु प–यो । त्यसै गरी नेपालका मैहुँ भन्ने विगतका घमण्डका घैंटा शासकहरुले आफ्नो शासन सत्ता गुमाई सकेका छन् । उनिहरुले मात्र होईन आगतका जिम्मेवारी लिएर उदाएकाहरुले समेत निर्गतकाले झैं घमण्डले भरिएर उद्दण्ड हुन थाल्ने बित्तीकै जनताको रोजाई अन्यत्रै मोडिन सक्दछ । त्यसैले जनताले दुईवटा मात्र अप्सन दिएकाछन् जनताको मन जित्ने काम गरेर राजनेता बन्ने कि विगतकाले जस्तै सजिलो नक्कल गरेर आजनेता बन्ने त्यो तपाईंहरुकै राजाईमा पाँच बर्षकालागी जनताले जिम्मा लगाएकाछन् । अस्तु !
0
Shares