काठमाडौँ, फागुन २४ । पार्टीको आन्तरिक संरचना तथा नीति निर्माण तहमा महिला सहभागिता बढाउने नेपाली काँगेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
आज अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाल महिला संघले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रमा बोल्दै उनले स्थानीय, प्रदेश, प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै देश आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको बताएका छन् ।
संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्न पार्टी प्रतिबद्ध रहेको, महिला सशक्तीकरण गर्न आर्थिक, सामाजिक पक्षमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सभाका महिला सांसदहरु धना खतिवडा, तारादेवी भट्ट, अनिता देवकोटा, मुक्ता कुमारी यादव र सरिता प्रसाई एवं प्रदेशसभाका महिला सांसदलाई सम्मानसमेत गरिएको थियो ।
0
Shares