काठमाडौं, फागुन २५ । विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले लायन्स क्लब अफ काठमाडौँ लगायतका संस्थाले एक हजार ५०० पिन्ट रगत संकलन गरेका छन् ।
उनीहरुले एकै दिनमा एकै ठाउँबाट आठ घण्टाभित्र रगत सो संकलन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा विश्व कीर्तिमान कायम गराउन प्रयास गरेका हुन् ।
बिहीबार टुँडिखेलमा गरिएको उक्त रक्तदानमा विभिन्न उमेर समूहका मानिसले स्वेच्छिक रुपमा रक्तदान गरेको आयोजकले बताएको छ ।
लायन्स क्लब अफ काठमाडौँका अध्यक्ष अखिल श्रेष्ठले सो रक्तदानलाई विश्व कीर्तिमान कायम गर्न आजदेखि रक्तदानको प्रमाणसहित कार्य अगाडि बढाइने जानकारी दिँदै करिब डेढ महिनाभित्रमा त्यसको प्रमाणपत्र आउने बताए ।
यसअघि भारतमा करिब ९०० पिन्ट रगत संकलन गरिएको भए पनि विश्व कीर्तिमानका लागि दाबी नगरिएको आयोजकको भनाइ छ ।
0
Shares