पोखरा, फागुन २५ । आधारभूत विद्यालयमा रु आठ लाखको लागतमा पुस्तकालय स्थापनासहित खानेपानी ट्यांकीको कास्की जिल्लाको माछापुच्छ्र«े गाउँपालिका–८ निवासी बमबहादुर घलेले निर्माण गरिदिएका छन् । लायन्स क्लब अफ पोखरा ग्रिन टाउनको सक्रियतामा रु पाँच लाखमा पुस्तकालय स्थापना गरिएको छ भने रु तीन लाखको लागतमा खानेपानी ट्यांकी निर्माण गरिएको क्लबका अध्यक्ष लक्ष्मीदेवी गुरुङले बताएकी छिन् ।
गुरुङ्गका अनुसार बेलायतमा रहेका सूर्य गुरुङको रु छ लाख ६८ हजार आर्थिक सहयोग एवं नेपाल लायन्स फाउण्डेशनको रु ५० हजार र विद्यालयको रु एक लाख ४८ को लागतमा निर्माण कार्य सम्पन्न गरिएको बताइएको छ । सो अवसरमा रु ३० हजार मूल्य बराबरको शैक्षिक सामग्री विद्यार्थीलाई वितरण गरिएको थियो ।
0
Shares