तोकिएको समयमा निर्वाचन हुन्छ : पाण्डे

बझाङ, ३० जेठ । नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य बद्री पाण्डेले स्थानीय निकायको दोश्रो चरणको चुनाव तोकिएको समयमा हुने कुरामा दुविधामा नपर्न सबैलाई आग्रह गरेका छन् ।

नेपाली काँगेस बझाङको को चुनावी सभालाई सम्बोधन गर्नका लागि बझाङ पुगेका पाण्डेले प्रेस युनियन जिल्ला शाखाले गरेको पत्रकार सम्मेलनमा स्थानीय तहको निर्वाचन सम्पन्न गराई अन्य निर्वाचनहरु यथासक्य गर्नुपर्ने कुरामा जोड दिदै सबै दललाई सहमतिमा ल्याएर सभ्य रुपमा निर्वाचन सफल गराउन सरकार लागि रहेको पाण्डेको प्रष्ट पारेका थिए । राजनीतिक स्थिरता, संविधानको सफल कार्यान्वयन, समृद्धि र विकासका लागि काँग्रेसलाई विजयी गराउनुपर्ने पाण्डेको भनाई थियो ।

हरेक आन्दोलनमा लोकतन्त्रको रक्षाका लागि काँग्रेस लचिलो हुने गरेको बताउँदै दोश्रो चरणको स्थानीय निर्वाचन नेपाली कांग्रेसले गराएर छोड्ने केन्द्रीय सदस्य पाण्डेको भनाइ थियो ।