प्रधानमन्त्री ओलीलाई समाजवादी फोरमको पनि मत प्राप्त

काठमाडौँ, फागुन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय समाजवादी फोरम नेपालले विश्वासको मत दिने निर्णय गरेको छ ।

संघीय संसद् भवनमा आज बसेको फोरम संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीका पक्षमा मतदान गर्ने निर्णय गरेको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी गराए ।

फोरमको निर्णयसँगै प्रधानमन्त्री ओलीले दुई तिहाइभन्दा बढी मत प्राप्त गर्ने देखिएको छ । राष्ट्रिय जनता पार्टी नेपालले पनि प्रधानमन्त्री ओलीका पक्षमा विश्वासको मत दिने बताइसकेको छ ।