काठमाडौँ, फागुन १६ । आगामी एक वर्ष्भित्र राजधानीलाई माक्स मुक्त क्षेत्र बनाउन आफू सक्रिय भएर लागिरहेको जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले बताएका छन् ।
सामुदायिक रेडियो प्रसारक संघद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले देश र जनताको हकहितमा काम गर्न आफू सक्रिय भएकाले सबैको सहयोग भए माक्स मुक्त क्षेत्र बनाउन सकिने बताए । मन्त्री पण्डितले अपराध गर्नेलाई दण्डित गर्न आफूपछि नहट्ने तर काल्पनिक भन्दा पनि सत्य तत्य विषयवस्तुमा विशेष ध्यान दिएर समाचार सम्पे्रषण गर्न पत्रकारलाई समेत अनुरोध गरे ।
उनले सामुदायिक रेडियो प्रकाशन संघले प्रकाशन गरेको ‘सामुदायिक मेलमिलाप’ नामक पुस्तक पनि विमोचनसमेत गरे । विभिन्न जिल्लामा रहेका सामुदायिक मेलमिलाप केन्द्रले समाजमा भएका घटना चित्रण सहित समाधानका उपायबारे पुस्तकमा उल्लेख गरिएको छ ।
पुस्तकमा गाउँका विवाद गाउँमै साम्य, रेडियोको कथाले दियो नयाँ जीवन, जब आमा–बाबुका अगाडि दाजुभाइ अङ्काल गरे, जग्गा विवादले बोली बन्द मिलाउने काममा मेलमिलाप केन्द्र, रेडियो कार्यक्रम सुनेको भरमा विवाद मिल्यो, टुटेको सम्बन्ध जोड्दै मेलमिलाप केन्द्रलगायतका २९ वटा लेख समावेश गरिएको छ ।
सो पुस्तकको मूल्य रु ५०० तोकिएको छ । कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालले स्थानीय तहका सानातिना घटना मेलमिलाप केन्द्रले टुङ्याएमा अदालतमा समेत भार कम हुने धारणा व्यक्त गरिन् ।




















