काठमाडौँ, फागुन २८ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले चालु आर्थिक वर्षमा उपभोक्ता हितविपरीत काममा सहभागी २६ व्यवसायीलाई मुद्दा दायर गर्ने निर्णय गरेको छ । विभागले आज पत्रकार सम्मेलन गरी सबै क्षेत्रमा तीन हजार ५६० व्यावसायिक संस्थाको अनुगमन गरिएका मध्ये गलत गरेको पाएपछि तिनलाई कारबाही गर्न लागिएको जानकारी गराईएको छ ।
विभागलेअन्यलाई पनि नवीकरण गर्न, विज्ञापनपाटी राख्न, म्याद नाघेका सामग्री बिक्रीवितरण नगर्न र व्यवसाय दर्ता नगर्न निर्देशन दिएको छ । यसैबीच विभागले आगामी चैत १ गते अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस मनाउने भएको छ ।
अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस मूल समारोह समितिका संयोजक कुमारप्रसाद दाहालका अनुसार दिवस मनाउने क्रममा काठमाडौँ उपत्यकाका लगनखेल, माइतीघर, भृकृटीमण्डप, बालाजु, चाबहिल, महारागञ्ज, मैतीदेवी, बानेश्वर, कलंकी, सुन्धारा र कोटेश्वरमा उपभोक्ता जागरण कार्यक्रम गरिएको छ ।
संयोजक दाहालले उपभोक्तालाई सचेत भएर सामग्री उपभोग गर्न आग्रह गरेका छन् । केही समयअघि चाडबाडका समयमा मात्र बजार अनुगमन गर्दै आएको विभागले पछिल्लो समय नियमित रुपमा छानविन गर्दै आएको छ ।