भिक्टोरियन नेप्लीज क्रिकेट एसोसिएसन द्वारा आयोजित ओलि एण्ड एसोसिएट्सद्धारा प्रायोजित फ्रेन्ड्सीप वान डे कप क्रिकेट प्रतियोगिताको पहिलो खेल ब्रुन्स्वीक इस्ट्रनले जितेको छ ।
पहिलो खेलमा ब्रुन्स्वीक इस्र्टनले वेरबी टाइटन्सलाइ ९९ रनले पराजित गेरेको थियो । पहिलो ब्याटिङ गर्दै बु्रन्स्वीक इस्ट्रनले निर्धारित २५ ओभरमा ८ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो। जसमा मनिश अधिकारीले ३६, मन्दिप श्रेस्ठले २०, तेज क्षेत्रिले १९ रन जोडेका थिए। बलिङ तर्फ उत्सबले २ विकेट लिएका थिए । दोस्रो ब्याटिङमा आएको वेरबि टाइटन्स भने ८० रनमा अल आउट हुन पुगेको थियो ।
वेरबी टाइटन्सका लागि बिनोद्ले २३ रन, शुशनले १२ रन जोडेका थिए। बलिङ तर्फ मनिस अधिकारीले घातक बलिङ गर्दै ६ विकेट र सुमनले ३ विकेट लिएका थिए । उक्त खेलमा ३६ रन बनाएर ६ विकेट लिएका ब्रुन्स्विक इस्ट्रनका मनिश अधिकारी म्यान अफ दी म्याच घोषित भएका थिए ।
प्रतियागिताको ओली एन्ड एशोसिय्टस मेलवर्नका निर्देशक शुसान्त ओलीले उदघाटन गरेका थिए । प्रतियोगिताको अर्को खेल गोर्खाली क्रिकेट्स क्लब र सगरमाथा रेनगेड्स बिच हुने आयोजक भिक्टोरियन क्रिकेट क्लबका अध्यक्ष तथा अन्त्राष्ट्र्रिय क्रिकेटर यशवन्त सुबेदीले बताए ।
0
Shares