काठमाडौं, फागुन ३० । पछिल्लो समय जन्म दिनका अवसरमा भोजभतेर गरेर मनाउने चलन बढिरहेका बेला राजधानीमा भने एक युवाले आफ्नो जन्मदिनको अवसरमा दृष्टिविहिनहरुलाई सहयोग गरेर मनाएका छन् ।
प्रसिद्ध ज्योतिष हरि अधिकारको कार्यालयमा म्यानेजरका रुपमा कार्यरत बुटवलका हाकिम सम्राट मल्लले आफ्नो २५ औं जन्म दिनको अवसरमा किर्तिपुरमा रहेका देष्टिबिहिनहरुलाई एक एक बोरा चामल वितरण गरेका छन् ।
सोमबार बिहान उनले आफ्ना कार्यालयका सबै साथीहरुसहित वृद्धाश्रममा पुगेर चाम वितरण गरेका थिए ।
0
Shares