काठमाडौँ, फागुन ३० । महानगरीय प्रहरी प्रभाग गोँगबुले आज ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ । प्रभागले गोँगबु बसपार्क क्षेत्रका विभिन्न भट्टी तथा होटलमा छापा मार्दा फेला परेको अवैध एक हजार लिटर मदिरा आज विहान नष्ट गरेको महानगरीय प्रहरी प्रभाग गोँगबुले बताएको छ ।
प्रभागका प्रमुख प्रताप पौडेलले गोँगबु क्षेत्रलाई घरेलु मदिरा मुक्त क्षेत्र बनाउने योजना अनुसार सुरु भएको अभियानमा एक हप्तामा तीन हजार लिटर घरेलु मदिरा नष्ट गरिएको बताएका छन् ।
मदिरा मुक्त क्षेत्र बनाउन टोल सुधार समिति, महिला समूह र स्थानीय प्रतिनिधीको रोहवरमा मदिरा नष्ट गर्ने कार्य सक्रिय रुपमा भएको पौडेलले बताए । घरेलु मदिरा सेवनसँगै आवेशमा आएर अपराधजन्य घटना घट्ने भएकाले उक्त मदिरा नष्ट गरिएको प्रभागले बताएको छ ।
0
Shares