काठमाडौँ, फागुन ३० । रामकृष्ण सुवेदी गृहमन्त्रालयको प्रवक्तामा नियुक्त भएका छन् ।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रहेका सुवेदी गृह मन्त्रालय अन्तर्गत शान्ति सुरक्षा महाशाखाको प्रमुख तथा प्रवक्ताको जिम्मेवारी आजदेखि पाएका हुन् ।
यसअघिका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडी मन्त्रालयको नीति तथा योजना महाशाखामा सरुवा भएका छन् ।
0
Shares