आइएससँग विवाह गर्ने चारजना महिलालाई मृत्युदण्ड

बग्दाद, फागुन ३०, एएफपी । इस्लामिक स्टेट्स (आइएस) समूहका सदस्यसँग विवाह गरेको अभियोगमा चारजना महिलालाई इराकको एउटा अदालतले मृत्युदण्डको सजाय सुनाएको उक्त अदालतका प्रवक्ता अब्दुल सत्तार अलले बताएका छन् ।

इराकको सर्वोच्च न्यायलयका ती प्रवक्ताका अनुसार ती महिलाले आइएस लडाकूसँग विवाह गरेका र उनीहरुलाई आवश्यक सहयोग गरेको आरोप लगाइएको छ । आइएस लडाकूहरूसँग बिहे गरेर आक्रमण र हिंसाका लागि आवश्यक युद्धसामाग्री पनि उपलब्ध गराएर लडाकूहरूलाई आक्रमणका लागि सघाएको आरोप सो अदालतको छ । यस अभियोग ती महिलाले स्वीकार गरेका छन् ।

मृत्युदण्डको सजाय सुनाइएका ती महिलाहरूको उमेर २० देखि ५० वर्षसम्मको रहेको र उनीहरुलाई कालो पोशाकमा केही दिनमात्र अघि बग्दादस्थित फौजदारी अदालतमा उपस्थित गराइएइको थियो ।

इराकको मोसुल सहरबाट आइएस लडाकूलाई लखेटेपछि इराकी सुरक्षाफौजले आइएसको संलग्नताको खोजी गरिरहेको छ । सुरक्षा फौजले पछिल्लो समयमा ५०० भन्दा बढी र बालबालिकालाई विभिन्न सहरबाट पक्राउ परेका एएफपी समाचार समितिले बताएको छ ।