बंगलादेश सरकारले बिहीबार शोक मनाउने

ढाका, फागुन ३० । बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्तगर्दै बंगलादेश सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सरकारले बुधबार शोकको घोषणा गरेको हो । बुधबार आकस्मिक रुपमा बसेको बंगलादेशको मन्त्रिपरिषदको बैठकले बिहीबारका लागि शोकको घोषणा गरेको छ ।

बिहीबारका लागि राष्ट्रिय शोकको घोषणा गरिएको र त्यसदित उक्त दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति विभिन्न मन्दिर, चर्च, मस्जिदमा शान्तिको लागि प्रार्थना गरिने र त्यस दिनका लागि राष्ट्रिय विदा दिइने घोषणा गरेको हो ।

बंगलादेशको राजधानी ढाकाबाट आएको उक्त विमान गत सोमबार अपरान्ह नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुदा ५१ जनाले ज्यान गुमाएका थिए ।