प्रम ओलीले सार्वजनिक महत्वको वक्तव्य दिने

काठमाडौँ, चैत २ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज सार्वजनिक महत्वको वक्तव्य दिने भएका छन् ।

संघीय संसद् सचिवालयले प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वको वक्तव्य दिनेलगायत कार्यसूची तय गरेको छ । गत फागुन २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगलाको विमान दुर्घटना र समसामयिक विषयमा प्रधानमन्त्री ओलीले वक्तव्य दिने जनाइएको छ ।

उक्त विषयमा बैठकले दुर्घटनामा निधन भएकाहरुलाई श्रञ्द्धाजलि दिने विशेष प्रस्तावसमेत पारित गर्नेछ ।

बैठकमा उपसभामुखको निर्वाचनको कार्यसूची पनि छ । आज दिउँसो १ बजेका लागि तोकिएको बैठक २ः१५ मा थालिएको छ ।