काठमाडौं, चैत ४ । राष्ट्रियसभाको उपाध्यक्ष पदको लागि आज निर्वाचन हुँदैछ । कांग्रेस र वाम गठबन्धन दुवैले उम्मेदवारी दिएपछि निर्वाचन हुन लागेको हो ।
उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका शशिकला दाहाल र नेपाली कांग्रेसका वृन्दादेवी आले रानाको उम्मेदवारी परेको संघीय संसद् सचिवालयको भनाइ छ ।
संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभामा वाम गठबन्धन आबद्ध दल एमाले–माओवादीको स्पष्ट बहुमत भएकाले दाहाल विजय हुने निश्चित जस्तै छ । निर्वाचनमा अध्यक्षबाहेक ५८ जनाले मतदानमा भाग लिने छन् ।
राष्ट्रियसभाको अध्यक्षमा भने नेकपा एमालेका उम्मेदवार गणेशप्रसाद तिमिल्सिना यसअघि नै निर्वाचित भइसकेका छन् ।
0
Shares