ओलि एन्ड एसोसेसन को एक दिबसिय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा ब्रुन्स्वीक इस्र्टनले सगरमाथा रेनगेड्सलाई पराजित गरेको छ भने गोरखाली क्रिकेट क्लब र सगरमाथा स्टार्सबिचको खेल बराबरीमा सम्पन्न भएको छ ।
मेलवर्नको बोइङ रिजर्भमा सम्पन्न पहिलो खेलमा ब्रुन्स्वीकले सगरमाथालाई चार विकेटले पराजित गरेको थियो भने दोस्रो खेल टाइ भएपछि बराबरीमा सकिएपछि दुबै टोलीले अंक बाडेका थिए ।
पहिलो खेलमासगरमाथाले पहिलो ब्याटीङ गर्दै आठ विकेटको नोक्सानीमा एक सय छ रन जोडेको थियो । जसमा बिपीन अग्रवालले ४३ रन र सुमित दाहालले १९ रन बनाएका थिए । ब्रुन्स्वीकका बलर मनिष अधिकारी र सागर हमालले दुइ द’इ विकेट लिएका थिए । दोस्रो ब्याटिङमा ओर्लेको ब्रुन्स्वीकले १३ ओभरमा एक सय ६ रनको लक्ष्य पुरा गरेको थियो । जसमा मिलन गुश्रङले ४७ रन र जनम गुरुङले १७ रन बनाएका थिए । सो खेलमा मिलन गुरुङ म्यान अफ दी म्याच भए ।
दोस्रो खेल भने निकै रोचक रहयो । क्रिकेटमा बिरलै हुने बराबरीमा खेल टुंगीएपछि गोरखाली र सगरमाथाले अंक बाडेका थिए । पहिलो ब्याटिङ गरेको गोर्खालीले बिस ओभरमा छ विकेट गुमाउदै एक सय ८२ रन जोडेको थियो भने प्रतिउत्तरमा सगरमाथाले पनि निर्धाीरत खेलको अन्तिम बल सम्म खेल्दे सात विकेटको नोक्सानीमा एक सय ८२ रन जोडेको थियो ।
गोर्खालीका सुनिल थापाले ५९ रन र सुमन सिहले ४० रन तथा सागर पौडेलले ३३ रनको योगदान दिएका थिए । यस्तै बराबरीका लागि सगरमाथाका कप्तान कुशल तुलाधरले ६४ रन तथा, सुरज थापाले ३८ र सुदिप न्यौपानले १३ रनको योगदान दिएका थिए । ओली एन्ढ एशोसियट्सको प्रायोजन तथा बेस्ट मोबाइल क्लीनिङ ,मारफोन फोन रिपेयर्स ,बेल स्ट्रीट क्यान्टीन,स्टडी स्र्पोटस तथा लालीगुराँंस ग्रोसरिजको सहयोगमा आयोजना भएको क्रिकेट प्रतियोगितामा मेलवर्नका नेपाली क्रिकेट टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिता आपसी भाइचाराका साथ क्रिकेटमा नया प्रतिभाको खोजीका लागि आधार बन्न सक्ने आयोजक संघका अध्यक्ष तथा नेपालका अन्तराष्ट्रिय क्रिकेटर यशवन्त सुबेदीले बताए ।
ब्रुन्स्वीकले बाजी मार्दा सगरमाथा हार्यो,,
0
Shares