काठमाडौं, चैत ५ । कांग्रेसमा आमूल रुपान्तरणको लागि युबाहरु गुटबन्दी बाट माथी उठेर एकताबद्ध भयर अगाडि बढ्नु पर्ने नेपाली कांग्रेसका युबा नेता तथा भ्रातृ संगठन नेपाल तरुण दलका महासचिव भुपेन्द्र जंग शाहिले बताएका छन् ।
उनले कांग्रेस सुदृढीकरण र शुद्धिकरणमा युवाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । भ्रातृ संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य, तरुण नेता हरु र युबा नेताहरूको बिचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागि नेविसंघका केन्द्रीय सदस्यहरुले आगामी ५ वर्षभित्रमा पार्टीलाई मजबुद बनाउन युवा लक्षित कार्यक्रम ल्याएर जनता सामु जानु पर्नेमा जोड दिएका छन् ।
उनीहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजित हुँदैमा सर्वश्व समाप्त नभएको दावी गर्दै पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नु पर्नेमा जोड दिएका छन् । अन्तक्र्रिया कार्यक्रमका सहभागिहरुले माउ पार्टी र भ्रातृ संगठनहरुमा एक व्यक्ति, एक पदको अवधारणा पनि ल्याउनु पर्ने सुझावसमेत दिएका छन् ।
अन्तरक्रियामा केन्द्रीय सदस्यहरु पुनम भट्ट, सुनिता पोख्रेल, भोला नेपाल, कल्पना खड्का, विमला भट्ट, प्रेमबहादुर शाही, शैलेन्द्र गौडेल, सुनिता पोखरेल, शारादा लामा, पम्फा गान्धारी, आरसी भट्टराई, पवन नेपाली नेपाल ल क्याम्पसकी सभापति रञ्जिता कार्की, तरुण दल काठमाडौंका सचिव दिनेशबिक्रम शाह,अनुज चापागाँई, केशव खड्का, प्रबिण जंग कार्की, इञ्जिनियर सुदर्शन शर्मा लगायतले पार्टीलाई मजबुद बनाउन एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् ।
नेविसंघ केन्द्रीय सदस्यहरु र तरुण नेताहरुले पार्टीलाई बलियो बनाउन युवाहरुको भूमिका महत्वपूर्ण हुनेमा जोड दिँदै गुटगत विभेदको अन्त्य हुनुपर्नेमा जोड दिए । उनीहरुले पार्टीभित्रका असन्तुष्टिहरु सामाजिक सञ्जाल र सार्वजनिक स्थलमा छताछुल्ल पार्नुभन्दा पनि पार्टीको अन्तरिक कार्यक्रमहरुमा पोख्न पनि सुझाव दिए ।
त्यस्तै पार्टीलाई सुदृढिकरणका लागि प्रत्येक कांग्रेस नेता–कार्यकर्तामा सुदृढिकरणको इच्छाशक्ति आवश्यकता रहेको बताए । पार्टीलाई मजबुद बनाउन पार्टीमा देखिएको गुट–उपगुट भत्किन जरुरी रहेकोमा सबैले जोड दिएका छन् ।
अन्तक्र्रिया कार्यक्रममा पार्टीभित्र एकले अर्काेलाई गाली गर्नमा व्यस्त नरहेर समय समयमा पार्टीको हित अनुरुपका छलफल चलाउनु पर्ने युबा नेताहरुको भनाइ छ ।
कार्यक्रममा कांग्रेसका युबा नेता भुपेन्द्र जंग शाहिले अबको दिनमा आशावादी भएर अघि बढ्न युवापंक्तिलाइ अनुराध गरेका छन् ।