काठमाडौँ, चैत ५ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख स्वकीय सचिवमा भेषराज अधिकारी नियुक्त भएका छन् ।
राष्ट्रपति भण्डारीले झापा जिल्ला कमल गाउँपालिका निवासी अधिकारीलाई प्रमुख स्वकीय सचिवमा आज नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले बताएका छन् ।
यसअघि पनि उनी प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा थिए ।
0
Shares