पोखरा, ३१ जेठ । नेपाल पत्रकार महासंघ कास्कीले पत्रकार प्रकाश ढकालको उपचारका लागि रु १० हजार आर्थिक सहयोग प्रदान गरेका छन् ।
स्वासप्रस्वासमा समस्या देखिएपछि एक हप्तादेखि गण्डकी मेडिकल कलेजमा भर्ना भएका ढकाललाई महासंघका जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतका पदाधिकारीले अस्पतालमै पुगेर सहयोग रकम प्रदान गरेका हुन् । त्यसै गरी पत्रकार ढकालको उपचारका लागि नेपाल प्रेस युनियन कास्कीले रु पाँच हजार र नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले रु सात हजार रकम सहयोग स्वरुप प्रदान गरेका छन् ।
मञ्चका अध्यक्ष केशव पाठक र युनियनका अध्यक्ष शिरोमणि बरालले उक्त रकम पत्रकार ढकाललाई हस्तान्तरण गरेको प्रेस युनियन कास्कीका अध्यक्ष बरालले जानकारी गराएका छन् ।
0
Shares