सरकारी आवास नहुँदा महिला प्रहरीलाई तनाब

ललितपुर, चैत ८ । बेवारीसे अबस्थामा रहेका महिला र बालबालिकालाई राख्न सरकारी आवास गृह नहुँदा महिला प्रहरी तनाब भएको छ । आवास नहुँदा उनीहरुलाई एक÷दुई रात ब्यारेकमा नै राख्नुपरिरहेको महिला सेलकी प्रमुख प्रहरी निरीक्षक चञ्चला श्रेष्ठ जानकारी गराइन् ।

स्थानीयवासीले बाटोबाट हामीकहाँ ल्याएपछि गैरसरकारी संस्थामा पठाउन खोज्छौ तर गैरसरकारी संस्थाले कहिले आफ्नो क्षेत्रमा नपर्ने, कहिले खाली नभएको र कहिले कार्यालय समयमा मात्रै लिनसक्ने भन्दै बेवारिसे मान्छे लिन गाह्रो मान्ने गरेको बताउँदै श्रेष्ठ भन्छिन् गैरसरकारी संस्थाको प्रहरीसँग राम्रो सम्बन्ध हुँदा लिन मान्ने र नहुँदा गाह्रो हुन्छ ।

जिल्लामा सरकारद्वारा सञ्चालित आवास गृह नहुँदा प्रहरीलाई अलपत्रमा परेका महिला तथा बालबालिकाको व्यवस्थापनमा कठिनाइ भएको हो । मानसिक अस्पताल लगनखेलमा भएकाले पनि लगनखेल–जावलाखेल सडकखण्डमा मानसिक रोगी महिनामा तीन चारजनासम्म भेटिन्े गरेको उनी बताउछिन् ।

स्थानीयवासीले प्रहरीलाई बुझाउँने तर प्रहरीले कता पठाउने भन्ने समस्या छ रहेको बताउँदै उनी भन्छिन्, ब्यारेकमा राखौँ भनेपनि दिनभर काम गरेर फर्किएका महिला प्रहरीले राम्रोसँग आराम गर्न पाउँदैनन् । आवास गृह नहुँदा हिंसाबाट पीडित अरु महिलालाई समेत समस्या भएको महिला सेलले बताउँदै आएको छ ।