टान सम्बद्ध व्यवसायी लक्षित तालीम संचालन

पोखरा, चैत ९ । नेपाल ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघ स्थापनाको रजत वर्षका अवसरमा तालीम प्रदान गरिएको छ ।

आजदेखि उक्त अवसरमा टान सम्बद्ध व्यवसायीलाई लक्ष्य गरी आयोजित व्यवसाय व्यवस्थापन तालीम संचालन गरिएको हो । पोखराको लेकसाइडस्थित होटल रानीवन अर्किटमा दुई दिनसम्म चल्ने सो तालीममा टानमा आवद्ध ६५ जना व्यवसायी सहभागी भएको टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपक अधिकारीले बताए ।

पर्यटनलगायत विभिन्न क्षेत्रमा तीन हजारभन्दा बढी विषय विज्ञ रहेको विदेशी संस्था पुम नेदरल्याण्डका प्रशिक्षकले व्यवसायीलाई तालीम दिने अधिकारीले जानकारी दिएका छन् ।

व्यवसायलाई व्यवस्थित एवं प्रभावकारी बनाउन तालीम अत्यन्त उपयोगी हुने विश्वास लिइएको अध्यक्ष अधिकारीको भनाइ छ ।