काठमाडौँ, चैत ९ । कलंकी, काठमाडौँ निवासी सुशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई विज्ञ पदमा नियुक्त गरेकी हुन् । राष्ट्रपतिको कार्यालयले आज एक विज्ञप्ति जारी गरी उनलाई विज्ञमा नियुक्त गरिएको जानकारी गराएको छ ।
0
Shares