दाङ, चैत ९ । सामुदायिक वन उपभोक्ता महासंघले पछिल्लो समयमा जिल्लामा सामुदायिक वनको संरक्षणमा महिला सहभागिता वृद्धि हुन थालेको बताएको छ ।
सामुदायिक वन उपभोक्ता महांसघका जिल्ला अध्यक्ष शोभाकर सापकोटाले पाँच सय चारवटा सामुदायिक वन समूहमध्येमा ९३ वटा वन समूहको नेतृत्व महिलाले गरिरहेको जानकारी दिएका छन् ।
महिलाले सञ्चालन गरेका वन समूह फस्टाउँदै गएका छन् । वन संरक्षणमा महिला सक्रिय भएर लाग्नुका साथै आफ्नो क्षमता देखाइरहेका छन् । वन समूहमा आवद्ध महिला विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व तहमा समेत पुगेका छन् ।
निर्णायक तहमा महिलाको प्रतिनिधित्व बढेको सामुदायिक वन उपभोक्ता समूहका पूर्व केन्द्रीय सदस्य पदमा चौधरीले बताए ।
अहिले महिलाले आयआर्जनका लागि घुम्ती कोष सञ्चालन गर्नुका साथै सहकारीदेखि प्राकृतिक स्रोत साधनको संरक्षणमा पनि सक्षम बन्दै गएको उनको भनाइ छ ।