सहसचिव पदको लिखित परिक्षाको नतिजा सार्वजनिक, १६ जना उतिर्ण

काठमाण्डौ, चैत ९ । सार्वजनिक प्रशासनको सहसचिव पदको लिखित परिक्षाको नतिजा सार्वजनिक भएको छ । आयोगले बिहिबार सार्वजनिक गरेको लिखित परिक्षाको नतिजा अनुसार १६ जना उतिर्ण भएका छन् ।

१२ जना सहसचिवका लागि १ सय ५१ जनाले लिखित परिक्षा दिएका थिए । उमेश ढुङगाना, केशवराज सुवेदी, चक्रपाणि पाण्डे, छविलाल रिजाल, टंकप्रसाद पाण्डेय, ताराप्रसाद सापकोटा, तोयप्रसाद सुवेदी, पुष्पराज शाही, भीष्मकुमार भुसाल, शिवकुमार कार्की, शिवलाल तिवारी, शेषनारायण पौडेल, सुमन घिमिरे, सुवासचन्द्र शिवाकोटी, हुमकला पाण्डे र ज्ञानराज सुवेदी लिखित परिक्षामा सफल भएका छन् ।

लिखित परिक्षापछि मामिला बिश्लेषण अभ्यास, प्रस्तुतीकरण र अन्र्तवार्ता हुनेछ । जसमा उत्कृष्ट हुने १२ जना सहसचिवमा बढुवा हुनेछन् ।