बौद्धिक उपन्यास सुवर्णलताको अन्तरसंवाद कार्यक्रम सम्पन्न

काठमाडौँ, चैत १२ । मालिकाकेशरीको उपन्यास सुवर्णलताबौद्धिक चेतना भरिएको उपन्यास राजधानीमा भब्य कार्यक्रमकाबिच कृतिको अन्तरसंवाद सम्पन्न भएको छ । साहित्यकारहरु, पत्रकारहरुको बाक्लो उपस्थिति सम्पन्न उत्त कार्यक्रमा अमर न्यौपाने, समालोचक डा. राम प्रसाद ज्ञवाली र प्रा. राम लोहनीले कृतिको वारे आफ्नो धारणा राखेका थिए । बौद्धिक उपन्यास सुबर्णलताको अन्तरसंवाद कार्यक्रम सम्पन्न भयो ।

उपन्यासकार मालिका केशरीको बौद्धिक उपन्यास सुवर्णलताको अन्तरसंवाद कार्यक्रम नेपाल पर्यटन बोर्डको हलमा यसै साता विशिष्ट साहित्यिक ब्यक्तित्व, पत्रकारहरुको बाक्लो उपस्थितिमा सम्पन्न भयो । साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमा अमर न्यौपाने, समालोचक डा. राम प्रसाद ज्ञवाली र प्रा. राम लोहनीले कृतिको वारेमा आफ्नो धारणा राखेका थिए ।

कृतिको वारेमा बोल्दै साहित्यकार न्यौपानेले भने नेपाली उपन्यास बजारमा यो उपन्यास आफ्नो छुट्टै पहिचानका साथ उभिन सफल भएको बताए । उपन्यास माथि प्रकाश पार्दै उनले भने उपन्यास केही लामो भएकाले केही बोझिलो लाग्न सक्छ तर यसका भावले पाठकलाई अन्यत्र भाग्न दिने छैन् ।

अत्यन्त सरल भाषा प्रयोग गरेर लेखिएको उपन्यास बुझ्न सहज छ । उपन्यासकी नाइका सुवर्णलता पच्चिस सय वर्षभन्दा ज्यादा जीवीत हुनु र उनमा शारीरिक क्षय नहुनु केही अपत्यारीला तथ्य लागे पनि उपन्यास लेखनमा यस्ता कुरा मान्य हुने धारण ब्यक्त गरे ।’

यसै गरि अर्का वक्ता डा. राम प्रसाद ज्ञवालीले केशरीको उपन्यास सुवर्णलताले पाठकलाई सुरुदेखि अन्त्यसम्म बाध्ने आर्कषण रहेको जानकारी गराए । लेखकले मायाप्रेमसँगै ग्रामीण र शहरी परिवेशका पात्रहरुलाई बौद्धिक तरिकाले प्रस्तुत गरेको उनले बताए । उपन्यासमा बौद्ध दर्शन नै नबुझेका पाठकहरुले बुद्धको वाणी सहजै बुझ्ने भाषा प्रयोग गरिएको भन्दै केशरीमा गहिरो बौद्धधर्मको चेतना रहेको धारणा राखे ।

प्रा. राम लोहनीले ‘उपन्यासले फरक विषय वस्तु उठाएको प्रष्ट पारे । पाठक जुन कथामा प्रवाहित भइरहेको हुन्छ उपन्यासको मध्यभागमा पुग्दा अर्कै संसारमा बिचरण गर्न पुग्छ उनले भने । त्यो संसार हो बुद्धको संसार, उपन्यासमा बुद्ध जीवितै हुन्छन् । बुद्धसँग उपन्यासकी नाईकाको बार्तालाप र प्रेम प्रस्ताब अत्यन्त मार्मिक भएको बताउँदै भोग र त्यागमा कसको विजय होला त भन्ने प्रश्नमा बाँधिएर पाठकहरु रोमाञ्चक हुँदै अत्यसम्म पुग्न हतारिने विस्वास उनले ब्यक्त गरे ।’

लेखक केशरीले पाठकबाट पाएको मायाले नयाँ उर्जा प्राप्त भएको प्रसट पार्दै आफूमाथि नयाँ जिम्मेवारी थपिएको बताए । आफ्नो प्रयासलाई पाठकले मन पराएकै कारण बजारमा आएको छोटो समयममै सुवर्णलताको दोस्रो संस्करण आउन लागेको पनि उनले खुलासा गरे ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष धर्मेन्द्र झा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिपुल पोखरेल लगाएत बिशिष्ट व्यक्तिको उपस्थिती रहेको थियो । उपन्यास सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।