उपसभामुखद्वारा राजीनामा

काठमाडौँ, चैत १२ । आफू संलग्न दल नेकपा (एमाले) पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छिन् ।

आज संघीय संसद् भवनमा पत्रकार सम्मेलन गरी उपसभामुख तुम्बाहाङ्फेले स्थापित संसदीय परम्परा बमोजिम पार्टी सदस्यबाट राजीनामा दिएको बताएकी छिन् ।

उनी यही चैत २ गते एमालेको तर्फबाट प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी थिइन् ।