सगरमाथा र ब्रुन्स्वीकलाई सफलता


मेलवर्नमा सन्चालन भैरहेको अ‍ोली एन्ड एशोसिएट्स मैत्रि क्रिकेट प्रतियोगितामा ब्रुन्सवीक क्रिकेट क्लब र सगरमाथा क्रिकेट क्लब विजयी भएको छ । आइतबार सम्पन्न पहिलो खेलमा ब्रुन्स्वीकले गोर्खाली क्रिकेट क्लबलाई तिन विकेटले पराजित गरेको छ भने सगरमाथा स्टार्सले वाराबी टाइटन्सलाई सात विकेटले हराएको छ ।
टस जितेर ब्याटिङ राजेको गार्खाली क्रिकेट क्लबले २५ ओभरको खेलमा सात विकेट गमाुउदै एक सय ६० रन जोडेको थियो । प्रतिउत्तरमा ब्रुन्स्वीकले २४ं ५ ओभरमा सात विकेट गुमाउदै विजय लक्ष्य पुरा गरेको थियो ।
सगरमाथाका लागि सुनिल थापाले ४२ रन ,अनिल खनालले १७ रन र सागर पौडेलले १६ रन जोडेका थिए । बलिङमा ब्रुन्स्वीकका रोशन पौडेलले तिन विकेट हात पारेका थिए । ब्रुन्स्वीकका लागि भने उत्सव देवानले ४६ रन ,रोशन पौडेलले २८ रन तथा अन्जन राइले १९ रन बनाएका थिए ।
सोख ेलमा ब्रुन्स्वीकको रोशन पौडेल म्यान अफ दी म्याच चुनिए ।
दोस्रो खेलमा टस हारेर ब्याटिङ पाएको वारावी टाइटान्सले २५ ओभरमा पाँंच खेलाडी गुमाउदै एक सय ६५ रन बनाएको थियो । वाराबी टाइटान्सका अविनास पौडेलले ६४ रन र बिनोद खत्रीले ५८ रन जोडेका थिए । एक सय ६६ रनको विजइ लक्ष्य लिएर मैदान ओर्लेको सगरमाथाले बिष्फोटक ब्याटिङ गर्दै १८ ओभरमा तिन विकेट गमुाउदै विजय हात पारेको थियो । सगरमाथाको जितमा सन्दिप न्यौपानेले ६६ रन , सुरज थापाले अविजित ४९ रन र कुशल तुलाधरले २४ रन जोडेका थिए । यस खेलमा सगरमाथा स्टार्सका सुदिप न्यौपाने म्यान अफ दी म्याच घोषित भए । भिक्टोरियन नेप्लीज क्रिकेट एशोसियसनको आयोजनामा सन्चालन भैरहेको यस प्रतियोगितामा मेलवर्नका सबै नेपाली क्रिकेट टोलीको सहभागिता रहेको छ । क्रिकेटमा देखिएका नया प्रतिभाहरुलाई प्रष्फुटन गर्ने र आपसी भाइचारा कायम गर्ने प्रतियोगिताको मुल उदेस्य रहेको आयोजक संघका अध्यक्ष तथा अन्त्राष्ट्रिय क्रिकेटर यशवन्त सुबेदीले बताए ।