मनोजकुमार पराजुली
ललितपुर,गोटिखेल, चैत्र १३ ललितपुरको गोटिखेल महाकाल मावि परिक्षा केन्द्रमा भएको एसईई परिक्षामा लापरवाही भएको पाइएको छ ।
एसईई परीक्षा सकिएपछि उक्त विद्यालयको कक्षा सञ्चालन हुँदा विद्यार्थीले एउटा उत्तरपुस्तिका भेटाएका थिए । भेटिएको उत्तरपुस्तिकाको सिम्बोल नम्बर ३२६५९६ व रहेको छ । एसईई परिक्षाको आज विज्ञान विषयको परीक्षा थियो ।
परीक्षा सकिएपछि उत्तरपुस्तिका संकलन गर्ने क्रममा केही उत्तरपुस्तिका कक्षा कोठामा नै छुटाईएको जानकारी प्राप्त भएको छ । उक्त परिक्षा केन्द्रमा केन्द्राध्यक्ष गोपाल कुमार पाण्डे थिए ।
उक्त केन्द्रमा आजको एसईई परीक्षा विहान १०ः१५ मा सम्पन्न भएको थियो । परिक्षा सम्पन्न भएपछि ११ बजे कक्षा सञ्चालन भएको थियो । कक्षा सञ्चालन हुने बेलामा भेटिएको उत्तरपुस्तिका विद्यार्थीले भेट्टाएर त्यही विद्यालयका शिक्षकलाइ बुझाएका थिए ।
सोही विद्यालयका शिक्षकले उक्त उत्तरपुस्तिका उक्त केन्द्रका सुपरटेनलाइ बुझाएको जानकारी प्राप्त भएको छ ।
१० वर्षलामो विद्यालयको पढाइ पछि हुने महत्वपूर्ण मानिएको एसईई परिक्षामा भएको लापरवाहीले विद्यार्थीहरुको भविष्यमाथि खेलवाड भएको पुष्टि भएको छ ।