प्राज्ञिक विद्यार्थी परिषद्को अधिवेशन यही १७ देखि पोखरामा हुँदै

पोखरा, चैत १५ । यही १७ देखि १९ गतेसम्म पोखरामा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको सातौं राष्ट्रिय अधिवेश हुने भएको छ ।

अधिवेशनले मुलुकको संघीय संरचना अनुसार शैक्षिक नीति निर्माणका लागि शैक्षिक, सामाजिक, आर्थिक एवं राजनीतिलगायत समसामयिक प्रस्ताव पारित गर्ने आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

अधिवेशनमा ओखलढुंगाका सफल कृषक लोचन बस्नेतलाई राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारद्वारा सम्मानित गरिने र अधिवेशनमा ७७ जिल्लाका एक हजार भन्दा बढी विद्यार्थी प्रतिनिधिको सहभागिता रहने परिषद्का महासचिव रमेश कँडेलले जानकारी गराए ।